२०८१ आश्विन ७ , सोमवार

बाफ्टा अवार्डको सात विधामा सर्वोत्कृष्ट

सुनाखरी न्युज/ काठमाडौं । ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ले नेपाली समयानुसार सोमबार बिहान लण्डनमा आयोजित बाफ्टा अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र गैरअंग्रेजीजस्ता शीर्ष विधामा जित हासिल गरेको छ । सात विधामा सर्वश्रेष्ठ बन्दै फिल्मले प्रतिष्ठित अवार्डमा दबदबा कायम गर्‍यो ।

 

विश्वयुद्धको कथा भन्ने यो फिल्मले गैरअंग्रेजीतर्फ कीर्तिमान रच्यो । यसअघि सन् १९८८ मा रिलिज भएको ‘सिनेमा पाराडिस्को’ले बाफ्टामा पाँच विधा जितेको थियो । कोलिन फरेल अभिनित ‘द बान्सिज अफ इनिसिरिन’ले दोस्रो उच्च संख्यामा पुरस्कार जित्यो जसमा सहायक अभिनयका विधाहरु छन् ।

 

बाफ्टामा उत्कृष्ट हुने फिल्मले आसन्न ओस्कार अवार्डमा समेत प्रभाव कायम राख्ने मूल्यांकन गरिन्छ । जसले गर्दा पनि विश्वभरका अवार्ड सर्किटमा बाफ्टालाई चासोपूर्वक हेरिने गरिएको छ ।