सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत शाखा अधिकृत नोदनाथ त्रितालले लेखेको पुस्तक ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ विमोचन गरिएको छ।
नेपाल ल क्याम्पसको सभाहलमा उक्त पुस्तकको कानून संकायका डीन प्राडा कृष्णप्रसाद बस्याल, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. डिएन पराजुली र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रूपमा विमोचन गरेका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै डीन बस्यालले कानुनी अनुसन्धानबाट नविनतम् नतीजा निकालेर सम्बन्धित निकायलाई पृष्ठपोषण गर्न एलएलबी तहका विद्यार्थीहरूले सिर्जनात्मक अनुसन्धान गर्न सक्ने उदाहरण पुस्तकले प्रस्तुत गरेको बताए।
यस्तै, क्याम्पस प्रमुख पराजुलीले क्याम्पसबाट उत्पादित विद्यार्थीबाट यस प्रकारको अनुसन्धान प्रतिवेदनलाई पुस्तकका रूपमा ल्याएको पाउँदा खुशी लागेर आफूले स्वीकृति र समर्थन दिएको बताए। लेखक त्रितालले कानुनी अनुसन्धानबाट निस्किएको निस्कर्षलाई सम्बन्धित निकायहरुमा पृष्ठपोषण प्रदान गर्दै भविष्यमा कानुनका विद्यार्थीहरुले सन्दर्भ स्रोतका रूपमा पुस्तकलाई उपयोग गर्न सक्ने बताए।