२०८१ आश्विन ७ , सोमवार

निशान भट्टराईको नयाँ गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । निशान भट्टराईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

 

सोमबार उमेश लम्साल युट्युब च्यानलमार्फत ‘जिन्दगी यो’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो। उमेश लम्सालको शब्द रहेको गीतमा योगेन्द्र उपाध्यायले संगीत भरेका छन् भने संगीत संयोजन विश्व अधिकारीको छ। यो गीतलाई आकाश नेपालीले रेकर्डिङ गरेका हुन्।

 

लिरिकल भिडिओमा केही तस्बिरहरू प्रयोग गरिएको छ जसलाई योगेन्द्र उपाध्यायले सम्पादन गरेका हुन्। रचनाकार उमेश लम्साल पेसाले प्रहरी हुन्।