सुनाखरी न्युज/ काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट गुमाएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २३ औं ओभरको अन्तिम बलमा छटौं विकेट गुमाएको हो । नेपालका दिपेनद्र सिंह ऐरी ८ रन बनाएर आउट भए । उनलाई सेसे बाउले एलबीडब्लू आउट गराएका हुन् ।
यसअघि नेपालले एकै ओभरमा दुई विकेट गुमाएको थियो ।