२०८१ आश्विन ७ , सोमवार

हिमालय लोकस्टारमा महाजजको रुपमा राजु परियार अनुबन्धित

सुनाखरी न्युज/ काठमाडौं । चर्चित लोकदोहारी गायक राजु परियार टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा महाजजको रुपमा अनुबन्धित भएका छन् । शोका निर्देशक सिमोस सुनुवारले दिएको जानकारी अनुसार दर्शकले मंगलबारकै एपिसोडदेखि परियारलाई जजको रुपमा देख्न पाउनेछन् ।

 

महागुरुको रुपमा कुमार बस्नेत हुनेछन् भने बाँकी तीनजना जजहरु कुलेन्द्र विश्वकर्मा, रामजी खाँण र ज्योति मगर पालैपालो शोमा प्रस्तुत हुनेछन् । ‘दर्शकको उच्च मागको आधारमा परियारलाई महाजजको रुपमा अनुबन्धित गरेका हौं । गायक परियार गत साता पनि गेस्ट जजको रुपमा शोमा पुगेका थिए ।

 

मंगलबार र बुधबार हिमालय लोकस्टारमा भोटिङ राउण्ड सुरु हुँदैछ । यो चरणमा अन्तिम १६ जनाले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले आफूलाई मनपर्ने कलाकारलार्ई भोट गर्दै जिताउन सक्नेछन् । यस साताको एपिसोडमा विदेशमा बसोबास गर्ने नेपालीको दुःखपीडालाई लिएर प्रतिस्पर्धीले प्रस्तुति दिने भएका छन् ।