२०८१ आश्विन ७ , सोमवार

दिदीसँग अस्ट्रेलिया उडिन् समीक्षा अधिकारी

सुनाखरी न्युज/ काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारी अस्ट्रेलिया उडेकी छिन् । उनी गत मंगलवार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेकी हुन् ।

 

दिदी शर्मिला खत्रीसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई बिदाई गर्दै गरेका केही भिडियोहरू यतिबेला टिकटकमा चर्चामा छन् । विभिन्न टिकटक अकाउन्टहरुबाट सार्वजनिक उनलाई बिदाई गरिएका भिडियोहरूको क्याप्सनमा अस्ट्रेलिया बसाई सुखमय रहोस् भनिएको छ । उनलाई खादासहित बिदाई गरिएको भिडियो एवं तस्वीरहरूलाई लिएर शुभचिन्तक एवं फ्यानहरुले विभिन्न अड्कल काटिरहेका छन् ।

 

कतिले उनी अब उतै बस्ने गरी गएको अड्कल गरेका छन् भने कतिपयले कार्यक्रमका लागि गएको हुनसक्ने अड्कल गरेका छन् । गायिका समीक्षाले भने यस प्रसंगमा केही जानकारी दिएकी छैनन् । उनी निकटस्थहरुका अनुसार समीक्षा कार्यक्रमहरूमा सहभागी हुन अस्ट्रेलिया उडेकी हुन् । उनी अब झन्डै दुई–तीन महिना उतै रहने बताइएको छ । उनकी दिदी शर्मीला भने आएल्स गरेर अस्ट्रेलिया उडेको बताइन्छ ।