सुनाखरी न्युज/ काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने कुमारी सुनौलो लगानी योजनाको ५० रुपैयाँबराबरको इकाइहरु आजबाट बिक्री खुला भएको छ।
कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये प्रथम चरणमा ५ करोड इकाइ बिक्री खुला गरिएको हो।
जसमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवरद्ध्क कुमारी बैंकलाई सुरक्षित राखी बाँकी ३ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।