२०८१ आश्विन ७ , सोमवार

भारतीय गायक सोनू निगमका बुवाको घरबाट ७२ लाख रूपैयाँ चोरी

 

सुनाखरी न्युज / एजेन्सी  – चर्चित भारतीय पाश्र्व भारतीय गायक सोनू निगमका बुवाको ७२ लाख रूपैयाँ चोरी भएको छ। सोनूका बुवा अगम कुमार निगमको गत मार्च १९ गते र २० गते मुम्बईको अन्धेरी इलाकाबाट ७२ लाख चोरी भएको थियो।आइतबार अगम आफ्नी छोरी निकिताको घरमा खाना खान गएका थिए। त्यस रात उनको घरको डिजिटल लकरबाट ४० लाख भारू हराएको थियो। अर्का दिन उनको लकरबाट ३२ लाख भारू हराएको हो। १९ र २० मार्चमा चोरी भएको बताइएको छ।

 

चोरी भएपछि निकिताले प्रहरीलाई खबर गरेकी थिइन्। उनको उजुरीपछि प्रहरीले उनीहरूको घरमा आठ महिनादेखि काम गरिरहेका ड्राइभरलाई पक्राउ गरेको छ। ड्राइभरले काम राम्रो नगरेको भन्दै अगमले केही दिनअघि मात्रै उनलाई कामबाट हटाएका थिए।

 

प्रहरीले सिसिटिभी फुटेज जाँच गर्दा उनीहरूको घरमा ड्राइभर आएको देखिएको थियो।ड्राइभरले काम राम्रो नगरेको भन्दै अगमले केही दिनअघि मात्रै उनलाई कामबाट हटाएका थिए।ड्राइभरले नक्कली चाबी बनाएर लकरबाट ७२ लाख चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बलिउड लाइफले समाचार लेखेको छ।