२०८१ मंसिर १० , सोमवार

गुँरास लाइफले १३ प्रतिशत बोनस शेयर दिने

सुनाखरी न्युज/ काठमाडौँ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले १३ प्रतिशत भन्दाबढी बोनस शेयर दिने घोषणा गरेको छ ।

 

कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आथिर्क वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १३.२७१२७७२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ बराबरको २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बोनस शेयर दिने भएको हो ।

 

सो बोनस शेयरमा लाग्ने कर शेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावित बोनस नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।