२०८१ मंसिर १२ , बुधवार

बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन तथा जुकाको औषधि खुवाइने

सुनाखरी न्युज/ काठमाडौँ । बालबालिकाहरुलाई भिटामिन तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले एक कार्यक्रममार्फत यही वैशाख ६ र ७ गते औषधि खुवाउने भएको हो ।

 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल खुवाउन लागिएको बताए । उनले भने–‘यो सरकारको नियमित कार्यक्रम हो । प्रत्येक ६ –६ महिनामा खुवाइन्छ । खुवाउनका लागि सबैतिर पत्राचार भइसकेको छ।’

 

त्यसैगरी १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि आम वितरण अभियान पनि सञ्चालन गर्नेछ । औषधि खुवाउनका लागि अभिभावकहरुले नजिकको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वंयसेविकाहरु सँग सम्पर्क गर्न सक्नेछन् ।