२०८१ आश्विन ७ , सोमवार

प्रसाद २ को प्रदर्शन नगर्न उच्च अदालतले दियो अन्तरिम आदेश

सुनाखरी न्युज/ काठमाडौं ।
फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले  अल्पकालीन अन्तरिम आदेश दिएको छ । निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि अदालतले आदेश दिएको अधिवक्ता सरोज अधिकारीले जनाए ।

निर्माता पाण्डेले ९० प्रतिशत स्वामित्व रहेको फिल्म आफ्नो अनुमति बिना नै प्रदर्शन गर्न लागेको भन्दै अदालतमा निवेदन दिएको थियो । न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । केशवको पक्षबाट अधिवक्ता सरोजसँगै, अरुण पौडेल र श्यामकुमार विश्वकर्माले बहस गरेका थिए ।

 

‘प्रसाद-२ को प्रदर्शन रोकी पाउँ भनेर पाण्डेले उच्च अदालत पाटनमा निवेदन दिनुभएको थियो । त्यो निवेदनबाट स्टेअर्डर आएको छ,’ अधिवक्ता अधिकारीले भने ।

 

 

यसअघि पाण्डेले सुवासले दिएको ६२ लाख ५० हजारको चेक बाउन्स र ठगीको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएका थिए । अदालतले पक्राउ पुर्जीसमेत जारी गर्‍यो । अहिले प्रहरी निर्माता सुवासलाई खोजिरहेको अवस्थामै निर्माण टिमले फिल्म प्रदर्शन गर्दा ुप्रसाद २ुको सेन्सर रोक्न भन्दै चलचित्र विकास बोर्डमा मागसमेत गरेका थिए । तर, सोमबार चलचित्र विकास बोर्डमा भएको छलफलमा फिल्म रोक्न नहुने निर्णय हुँदा निर्माता पाण्डे उक्त कुरामा असहमत थिए ।