२०८१ मंसिर ११ , मंगलबार

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षबन्यो रुस, यस्तो छ युक्रेनको तर्क !

सुनाखरी न्युज/ काठमाडौं ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता गर्ने मौका रुसले  पाएको छ । एक वर्षभन्दा बढी समयदेखि जारी युक्रेनसँगको लडाइँ रोक्न ठूला शक्ति राष्ट्रबाट दबाव खेपिरहेको रुसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने चासो छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १५ सदस्य राष्ट्र छन् । उनीहरुले एक–एक महिना पालैपालो अध्यक्षता गर्न पाउँछन् । रुसले गत वर्ष फेब्रुअरीमा पनि अध्यक्षता गर्ने मौका पाएको थियो । अहिले फेरि १ अप्रिलदेखि रुसले अध्यक्षता सम्हालेको छ ।

 

रुसले युक्रेन युद्धमा आफूलाई फाइदा हुने गरी र आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा ज्यादा मजबुत ढंगले प्रस्तुत गर्ने गरी अध्यक्ष पदलाई उपयोग गर्छ कि भन्ने आशंका अन्तर्राष्ट्रियस्तरमा रहेको बीबीसीले जनाएको छ ।

सयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत वेसिली नेभेन्जियाले रुसको सरकारी समाचार एजेन्सी ताससँग कुरा गर्दै सुरक्षा परिषदको अध्यक्षता ग्रहण पछि रुसले धेरै मुद्दाहरुमा बहस गराउने योजना बनाएको बताएका छन् । त्यो योजनामा हतियार नियन्त्रणका विषय पनि छन् ।

 

रुसले अप्रिल १ देखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेपछि युक्रेनले कडा शब्दमा आलोचना गरेको छ ।