२०८१ मंसिर १० , सोमवार

शेयर बजार ८ अङ्कले घट्यो

Share Up

सुनाखरी न्युज /  काठमाण्डौ – हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अङ्कले घटेर १ हजार ८ सय ६६ दशमलव ७९ विन्दुमा झरेको छ ।

 

बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । दुई सय ६९ वटा कम्पनीका २८ लाख ७० हजार कित्ता शेयर ९२ करोड ६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 

आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर साढे सात प्रतिशत तथा खप्तड लघुवित्त र आदर्श लघुवित्तको शेयर झन्डै ६ प्रतिशतले घटेको छ ।