२०८१ मंसिर ४ , मंगलबार

उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने

सुनाखरी न्युज/ काठमाडौं ।
निर्वाचन आयोगले  वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू गर्ने भएको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा (२) को अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाका लागि निर्वाचन आचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उपनिर्वाचनका लागि चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गरिएको जानकारी दिए ।

 

आयोगले वैशाख १० गते बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन गर्न मिति तोकेको छ । प्रवक्ता शर्माका अनुसार ती जिल्लामा कानुनले तोकेबमोजिमका व्यक्ति र निकायहरूलाई आचारसंहिता लागू हुनेछ ।