२०८१ मंसिर ११ , मंगलबार

सुडानमा भएको झडपमा परी संयुक्त राष्ट्रसंघका तीन कर्मचारीसहित २७ जनाको मृत्यु

सुनाखरी न्युज/काठमाडौं । सुडानको सेना र एक कुख्यात अर्धसैनिक बल बीचको शक्ति संघर्षका क्रममा भएको झडपमा २७ जनाको मृत्यु भएको छ । घटनामा झण्डै २ सय जना घाइते भएका छन् ।

 

दुई समूहबीच भएको संघर्षले मुलुकलाई नै हल्लाइ दिएको छ । राजधानी खार्तुममा राष्ट्रपतिको दरबार, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा प्रतिद्वन्द्वी सेनाहरूबीच झडप हुँदा त्यहाँका स्थानीयले गोली चलाउन थालेको खबर छ ।

 

मृत्यु हुनेमा संयुक्त राष्ट्रसंघका तीनजना कर्मचारी पनि रहेका छन् । सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा राष्ट्र संघका कर्मचारीलाई गोली लागेको हो । प्रस्तावित संक्रमणकालीन नागरिक शासनका विषयलाई लिएर तनाव भएपछि झडप सुरु भएको हो ।