२०८१ मंसिर १० , सोमवार

नेप्सेमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से २.८० अंकले घटेर एक हजार ९ सय ३१ दशमलब ६८ विन्दुमा बन्द भएको हो । बिहिबार भने नेप्से दोहोरो अंकले घटेको थियो ।

 

त्यस्तै, आज ९७ करोड ४५ लाख ९ ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७० कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १४३०.७० रुपैयाँ पुगेको छ । यसका साथै मोलुङ हाइड्रोपावर को शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १७०.६ ० रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५१.९० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार एसियन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको कारोबार भएको छ । यस कम्पनीको आज ३ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।