सुनाखरी न्युज/काठमाडौँ । अध्ययनका लागि विदेश जान चाहिने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’ जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँ बानेश्वर क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने गरी ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेपछि विद्यार्थी सडकमा उत्रिएका हुन् ।