२०८१ मंसिर १२ , बुधवार

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

सुनाखरी न्युज/काठमाडौँ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि बिहबिार पनि खुवाइँदै छ ।

 

बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि बिहीबार पनि नै खुवाइने मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयको भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाउने लक्ष्य छ । भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।