२०८१ पुष २९ , सोमवार

एफएनसीसीआईमा स्थायी समिति र सदस्यता समिति गठन

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)मा स्थायी समिति र सदस्यता समिति गठन भएको छ।

 

महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८(ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन भएको छ।

 

स्थायी समितिका सदस्यहरुमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरु रहेका छन्। त्यसैगरी सदस्यता समितिका सदस्यहरुमा महासंघका तीनजना उपाध्यक्षलाई मनोनयन गरिएका छन्।