२०८१ आश्विन ७ , सोमवार

आफ्नो गीत ‘सनक’का लागि र्‌यापर बादशाहले मागे माफी

सुनाखरी न्युज / गायक बादशाहले आफ्नो गीत ‘सनक’का लागि माफी मागेका छन । उनले इन्स्टाग्राममा लेखेको पोस्टमा आफूले अनजानमा कसैलाई चोट पुर्‍याउने सोच्न पनि नसक्ने बताएका छन ।

 

उनको यो गीतलाई लिएर विवाद बढ्दै गइरहेको थियो । बादशाहले आफू सधैँ आफ्ना गीतमा संवेदनशील हुने कोसिस गरेको बताएका छन ।एक महिनाअघि रिलिज भएको ‘सनक’ गीतलाई बादशाहको युट्युब च्यानलमा २२ लाखभन्दा बढी पटक हेरिएको छ ।

 

समाचार एजेन्सी एएनएआईका अनुसार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरका पुजारीले यस गीतका केही शब्दलाई लिएर आपत्ति जनाएका थिए ।आफूले गीतमा परिवर्तन गर्दै नयाँ संस्करण सबै डिजिटल प्लेटफर्ममा राख्न लागेको बताएका छन ।