सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६३४ जनाको कोरोना परीक्षण गरिएको र यसदिन १ जना संक्रमितको निधन भएको हो । १६३४ परीक्षणमध्ये पीसीआरबाट ४९४ र एन्टीजेनबाट ११४० जनामा नमुना परीक्षण गर्दा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।
यस्तै, ६५ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयले कोरोना सक्रिय संक्रमितको संख्या ३६१ पुगेको जनाएको छ ।