२०८१ मंसिर ४ , मंगलबार

काठमाडौं महानगरलाई नदी–किनारका बस्ती हटाउन बाटो खुला

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकालाई नदी-किनारका बस्ती हटाउन बाटो खुला भएको छ। न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको इजलासले बुधबार उक्त आदेश गरेको हो।

सुकुम्बासी बस्ती खाली गर्न भन्दै काठमाडौं महानगरपालिकाले जारी गरेको सूचना कार्यान्वयन नगर्न माग गरिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश गर्न अस्वीकारसँगै बस्ती हटाउन बाटो खुला भएको हो। आदेशमा बस्तीका नागरिकलाई विकल्प दिनुपर्ने कुरा पनि भएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।

 

जानुका पोखरेल लगायतले महानगरको सूचना कार्यान्वयन नगर्न आदेश माग्दै दिएको रिटमा यसअघि एकल इजलासले अल्परकालीन अन्तरिम आदेश गरेको थियो। यसअघि दिएको अल्पकालीन आदेश बदर गर्दै अन्तरिम आदेश नहुने इजलासले उल्लेख गरेको कट्टेलले बताए।

चैत ११ गते काठमाडौं महानगरले खोला किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो। सूचनामा ‘नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनू’ भनी सूचना जारी गरेको थियो।