२०८१ आश्विन ७ , सोमवार

‘द कपिल शर्मा शो’ मा फर्किए कृष्णा अभिषेक

सुनाखरी न्युज/ काठमाडौं । भारतीय कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’ मा कृष्णा अभिषेक फर्किएका छन्। बुधबार सेट इन्डिया युट्युब च्यानलमा एक भिडिओ क्लिप सार्वजनिक गर्दै उनी शोमा फर्किएको जानकारी दिइएको हो। सार्वजनिक भिडिओमा कृष्णा सपनाको अवतारमा देखिएका छन्।

 

‘तपाईहरूले मलाई अलिकति पनि सम्झिनु भएन। मलाई बोलाउँदा समेत बोलाउनु भएन,’ उक्त भिडिओमा कृष्णाले भने।यसको प्रतिउत्तरमा कपिल शर्माले भने, ‘मैले बोलाएको थिएँ। तिमी आफै नआएको हो। कहाँ थियौं तिमी।’यस्तै कृष्ण भन्छन्, ‘म त आउँथे। उसले मेरो ब्रेन-वाश गरेको थियो।’ कपिलले कसले भनेर प्रश्न गर्दा कृष्णा भन्छन्, ‘पैसाले’ पारिश्रमिकको कुरा नमिलेपछि कृष्णाले शो छाडेका थिए। उनीसँगै चन्दन प्रभाकर, भारती सिंह र सिद्धार्थ सागरले पनि शो छाडेका थिए।

 

‘द कपिल शर्मा शो’ को तेस्रो सिजनमा थुप्रै नयाँ कलाकारको सामेल भएका थिए। यीमध्ये एक सिद्धार्थ सागर पनि हुन्। ‘द कपिल शर्मा शो’ सन् २०१६ मा पहिलोपटक प्रसारण भएको थियो। सन् २०१७ मा कपिलको सुनील ग्रोवर र अली असगरसँगको विवादले कार्यक्रम रोकिएको थियो। त्यो बेला रोकिएको कार्यक्रम अर्को सालदेखि मात्र प्रसारण भयो। द कपिल शर्मा शो सलमान खान टेलिभिजन र बनिजय एसियाले निर्माण गरेको हो।