२०८१ मंसिर १० , सोमवार

मौसमका कारण सबै उडान प्रभावित

सुनाखरी न्युज/ काठमाडौं। मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै उडान डिले (ढिलाइ) भएको छ ।

 

बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानीसमेत परेकाले ४५ मिनेटसम्म उडान डिले भएको प्रवक्ता टेकनाथ सिटौलाले नेपाल प्रेसलाई जानकारी दिए । काठमाडौंमा यतिबेला बादल लाग्नुका साथै पानी परिरहेको छ ।

 

शनिबारबाट सुरू भएको वर्षा अझै केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा देशका अधिकांश भूभागमा वर्षा भइरहेको हो ।