सुनाखरी न्युज/ काठमाडौं । तारकेश्वर १० र ११ जोड्दै महानगर जाने हिलेडोल सडक १ वर्षदेखि हिलाम्मे छ । निर्वाचित जनप्रतिनिधि आएपछि सो बाटो राम्रो हुने आशा जनता ले गरेका थिए । तर चुनावपछि हामी जितेर तत्काल बनाउँछौं भन्नेहरु अहिलेसम्म उक्त बाटो पिच गर्न नसक्दा दैनिक पैदलयात्रा गर्ने र सवारीमा समेत हिँड्न समस्या भएको छ ।
स्थानीयबासी तथा सामाजिक अभियान्ता दिपु उप्रेतीले फेसबुकमा हिलो सडकको बिचमा कुर्सी राखेर पत्रिका पढ्दै गरेको आफ्नो फोटो राखी क्याप्सनमा लेखेका छन् – “यो मेरो सांकेतिक आन्दोलन मात्रै हो बाँकी क्रमश आउदै जानेछन् ।” त्यस्तै उप्रेतीले एउटा सानो आफ्नै भिडियो पोस्ट गर्दै लेखे…“आउनु है चुले निम्तो छ, सडक अलपत्र भएको १३ मैना भएछ । यो भिडियो सडक अलपत्र पार्ने सम्म पुगोस्…।”