२०८१ मंसिर १० , सोमवार

हिमालबाट ३६ केजी फोहोर संकलन

सुनाखरी न्युज /  काठमाडौं  – समुन्द्री सतहदेखि ४१९० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण हिमालबाट ३६ केजी फोहोर संकलन गरी ढुवानी गरिएको छ । पिक प्रमोसन ट्राभल एजेन्सी कम्पनीको ‘सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेना र पिक प्रमोसन टोलीले मार्च २२ तारिखदेखि ४८ दिनसम्म बसेर अन्नपूर्ण हिमालको फोहोर संकलन गरेको हो ।

झन्डै डेढ महिना खर्चिएर नेपाली सेनाका जवान १० जना र पिक प्रमोसनको टोली १३ जना गरी २३ जनाले अन्नपूर्ण हिमालको फोहोर संकलन गरेको पिक प्रमोसनका प्रतिनिधि दानबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार म्याग्दीको बेनी र जोमसोमबाट नेपाली नेपाली सेनाको टोली सफा हिमाल अभियान २०२३ मा जोडिएका थिए । सेना र पिक प्रमोसनको संयुक्त टोलीले कुहिने फोहोर १२ सय केजी र नकुहिने फोहोर २४ सय केजी फोहोर संकलन गरेको हो ।

 

सफा हिमाल कार्यक्रम अन्तर्गत अन्नपूर्ण हिमालमा संकलन गरिएको फोहोर मंगलबार बिहान प्रभु एअको हेलीमार्फत् ढुवानी गरिएको छ । हिमालमा जम्मा गरिएको कुहिने फोहोर हेलीमा ढुवानी गरी अन्नपूर्ण हिमालको बेस क्याम्पदेखि तल भुस्केट खर्कमा अन्नपूर्ण युवाक्लवको रोहबरमा खाल्डो खनि पुरिएको उनले बताए । सो स्थान बेस क्याम्पबाट पैदल एकदिन लाग्छ । यसैगरी अन्नपूर्ण हिमालमा जम्मा गरिएको प्लास्टिक,टिन,फलाम र सिसाजन्य २४ सय केजी फोहोर सिधै काठमाडौंस्थित नेपाली सेनाको हेडक्वाटरमा लगिएको पिक प्रमोसनका प्रतिनिधि थकालीले उल्लेख गरे । प्रकृति र पर्यावरण प्रभावकारी संरक्षण तथा सौन्दर्यकरणका निम्ति हिमाल स्वच्छ र सफा राख्न पिक प्रमोसनले योगदान गर्दै आइरहेको छ ।