सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई नियन्त्रणमा लिएपछि लामिछानेले धन्यवाद दिँदै यो सिलसिलालालाई निरन्तरता दिनसमेत आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो सिलसिला नरोकियोस् ।
कुनै हालतमा नरोकियोस् ।’यसअघि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि आग्रह गरेका थिए । प्रकरणमा तानिएका नेताहरू अझै फरार रहेको र नाम जोडिएकाहरूमाथि अनुसन्धान फितलो भएको भन्दै लामिछानेले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।