२०८१ मंसिर ९ , आइतवार

विदेश पढ्न जाने विद्यार्थी संख्यामा दोब्बरले वृद्धि

सुनाखरी न्युज / काठमाडौं  – विदेशमा पढ्न जाने विद्यार्थीहरूले चैत मसान्तसम्म सवा ६७ अर्ब रुपैयाँ खर्च गरेका छन ।

 

गत वर्ष सोही अवधिमा विदेश पढ्न जाने विद्यार्थीले ४३ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको थिए ।

 

राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान वित्तीय तथ्यांकअनुसार विदेश पढ्न जाने विद्यार्थीले चैत मसान्तसम्म ६७ अर्ब १९ करोड रुपैयाँ बाहिर लगेका हुन् ।