२०८१ आश्विन ८ , मंगलबार

लिफ्ट मागेर सुटिङ सेटमा पुगे अमिताभ बच्चन

सुनाखरी न्युज /  बलिउड अभिनेता अमिताभ बच्चनले सोसल मिडियामा एउटा फोटो सेयर गरेका छन् । उक्त फोटोमा उनी एउटा बाइकको पछाडि बसिरहेको देख्न सकिन्छ । ८० वर्षको उमेरमा पनि दिग्गज कलाकारले चरित्र चित्रणमा ज्यान दिन्छन् । तर दमदार अभिनयले सबैको मन जित्छन् । यति मात्र होइन, यी दिग्गज अभिनेता समयनिष्ठ छन् र जहिले पनि समयमै सेट पुग्छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो घटना उल्लेख गर्दै लेखेका छन्, ‘राइडका लागि धन्यवाद साथी ।’

 

‘तपाईंलाई चिन्दिनँ तर तपाईंले मलाई समयमा नै कर्मथलो पुग्न मद्दत गर्नुभयो । तेज गतिमा कहिल्यै ठिक नहुने ट्राफिक जामबाट जोगाउँदै । क्याप, सर्ट र पहेँलो टी–सर्टका मालिकलाई धन्यवाद ।’उनले एक पुरुषसँग बाइकमा बसेको तस्वीर सेयर गरेका छन् । पोस्टमा उनले सवारीको लागि र समयमै सेटमा पुग्ने व्यक्तिलाई धन्यवाद समेत दिए । उनले रमाइलो ढंगले ती व्यक्तिको बारेमा केही खुलासा गरे, जसले नव्यासहित सबैको ध्यान खिच्यो ।

 

उनले लेखे, ‘राइडर ब्वायलाई धन्यवाद । तिमीलाई थाहा छैन तर तिमीले मलाई समयमै काम गर्ने ठाउँमा पुर्‍याइदियौ । छिटो र समाधान गर्न नसकिने ट्राफिक जामबाट बच्न क्याप सर्ट र पहेंलो टिसर्ट मालिकलाई धन्यवाद ।’उनले लेखे, ‘गाडी चलाउँदै काममा जाऊँ भन्ने धेरै पटक लाग्छ । त आजकाल मानिसहरूले जसरी बाइक चलाउँछन्, त्यो चिन्तित पार्ने किसिमको छ । उनीहरू नियम तोड्दै हिँड्छन् ।’‘ड्राइभिङ लाइसेन्स कहाँबाट पाउँछन् होला जबकि ड्राइभिङको आधारभूत कौशलमा नै प्रश्न गर्न सकिन्छ।।। हेलमेट छैन, नीति नियम छैन, ट्राफिक नियम पालना नगरी हिँड्छन् ।’ ‘यस्तो अवस्थामा निराशा रिसमा बदलिन्छ र कारबाट बाहिर निस्किएर उनीहरूलाई धेरै पटक सर–सल्लाह दिन मन लाग्छ ।’