२०८१ मंसिर १० , सोमवार

दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे ३ दिने यूवा सम्मेलन आजदेखि

सुनाखरी न्युज/ काठमाडौं । आजदेखि दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे ३ दिने यूवा सम्मेलन सुरु भएको छ । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई यो सङ्कट सङ्कटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्देश्यले आज शुक्रबारदेखि राजधानीमा ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

विश्वका १४ देशका १०० युवाहरूको सहभागिता हुने उक्त सम्मेलनको मुख्य बिषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशिलता, सबैको लागि भलाइ’ रहेको छ । ग्लोबल सेपर्स कम्यूनिटी काठमाडाँै र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरूले जलवायु उत्थानशिलताका लागि नविनतम र अन्यत्र लागु गर्न सक्ने समाधानका उपायहरूको वारेमा छलफल गर्नेछन् । यो बर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको यो सम्मेलनमा विभिन्न विषयगत सत्रहरुमा आयोजना हुनेछन् भने यूवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरूको आवाज समेटेर एउटा पैरवी पत्र अर्थात एडभोकेसी पेपर समेत जारी गरिनेछ ।

 

सम्मेलनको दौरानमा सिएनआई, नेपाल चेम्वर अफ कमर्श तथा सीउनआईवाईइएफ जस्ता नीजि क्षेत्रका प्रतिनिधीमुलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिवद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यवशायिक तथा नीजि क्षेत्रले जलवायु परिवर्तनमा के कस्तो योगदान गर्न सक्छन भन्ने विषयमा छलफल हुनेछ । यो सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्छन्, “एक्जियाटा समूहको वृहत रणनीतिक खाका अन्र्तगतको वातावरणीय, समामाजिक तथा सुशासन नीति अनुसार दिर्घकालनीन महत्वको योजनामा हाम्रो समर्थन छ । यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशिलताका लागि अपासी सहकार्यको विकास गर्नेछ भने व्यवशाय र पृथ्वी दुवैलाई बाँच्न सक्ने वातावरणको सिर्जना गर्न योगदान गर्नेछ ।”

 

सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडाँै रहेको छ भने स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन(एसडीसी), सेक्युरिटीपल, कोकाकोला, एनआइविल एस क्यापिटल, नबिल बैङ्क र इसिमोडले सम्मेलनलाई सहयोग गरेका छन् । यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेका छन् । वल्र्ड इकोनोमिक फोरमको संक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीमा विश्वका १५२ देशका ५०५ सहरहरूमा केन्द्र (हब) रहेका छन् । सम्मेलनको आयोजना गर्नुअघि आयोजकहरूले वृक्षारोपण अभियान अन्तर्गत तराई क्षेत्र सहित देशका विभिन्न स्थानमा २२ सय बोटबिरुवा वृक्षारोपण गरेका थिए ।

 

वायुमण्डलमा रहेको कार्बन सोस्न तथा वातावरणीय संरक्षणमा योगदान दिन सहयोग पुग्ने भएकाले वृक्षारोपण गरिएको ग्लोबल सेपर्स काठमाडौँका सदस्य केशव सरावगीको धारणा छ । “दिगो विकासका लागि प्रकृति संरक्षण अपरिहार्य छ । आगामी पिढीलाई स्वस्थ वातावरण हस्तान्तरण गर्न वृक्षारोपणको अहंम महत्व छ, सरावगी भन्छन् । सम्मेलनको दौरानका ग्लोवल सेपर्स काठमाडौँले वातावरण संरक्षण र जलवायू परिवर्तन न्यूनीकरणको दिशामा गरेका केही नविनतम् कार्यलाई प्रस्तत गरिने तयारी छ ।