२०८१ आश्विन ८ , मंगलबार

अर्को वर्ष बिहे गर्ने योजनामा छु : अभिनेत्री शिल्पा मास्के

सुनाखरी न्युज/ काठमाडौं। अभिनेत्री शिल्पा मास्केले आफूले अर्काे वर्ष विवाह गर्न सक्ने बताएकी छन् । रिल लाइफमा थुप्रै पुरुषको प्रेममा देखिएकी शिल्पाको रियल जीवनमा अहिलेसँग कोहीसँगको प्रेम बाहिर आएको छैन । ‘

 

शिल्पा पछिल्लो समय फिल्म ‘परस्त्री’ को प्रचार प्रसारमा व्यस्त छिन् । यो फिल्ममा उनका लागि निकै महत्वपूर्ण छ किनभने अहिलेसम्मकै बोल्ड लुक्समा उनी यसमा देखिएकी छन् । फिल्मले आफ्नो करियरले उभो लाग्ने बताइन् ।

 

शिल्पाको यो वर्ष ‘परस्त्री’ को अलवा ‘देवी’ पनि रिलिज हुँदैछ । देवीमा भने उनले एक्सन भूमिका निर्वाह गरेकी छन् । अभिनयको अलावा शिल्पा रेस्टुरेन्ट व्यवसायमा पनि आबद्ध छिन् । ‘दोक्दसारा’ नामक उनको कोरियन रेस्टुरेन्ट कुपण्डोल हाइटमा छ । रेस्टुरेन्ट व्यवसाय विस्तार गर्ने योजना समेत उनको रहेको छ ।