२०८१ आश्विन ८ , मंगलबार

समीक्षाको स्वरमा ‘आफ्नो आफ्नो दुःख’सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ सार्वजनिक भएको छ। गीतमा हरेक मानिसको जीवनमा फरक–फरक किसिमका दुःखकष्ट हुने र त्यसलाई झेल्नुपर्ने प्रसंग उल्लेख गरिएको छ।

तर हरेक व्यक्तिलाई आफ्ना दुःख मात्रै ठूलो लाग्ने गरेको तथ्य गीतले उठाएको छ। लोकगायक पशुपति शर्माको शब्द रचना तथा संगीत रहेको गीतको विनोद बाजुरालीले संगीत संयोजन गरेका छन्। दुर्गा पौडेलको निर्देशनमा गीतमा भिडियो बनाइएको छ। भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन्।

 

गायक शर्माको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गीत करिब चार लाख पटक हेरिसकिएको छ।