२०८१ मंसिर १४ , शुक्रवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि

सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ । काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलास न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान निरन्तर हुनेछ ।

 

शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् । अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने बताइएको छ । न्यायाधीश न्यौपानेको इजलासमा शुक्रवार दुईजना इजलास अधिकृतहरूले बयान गराएका थिए ।

 

आइतबार इजलास अधिकृत थपेर थप एक जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौले जनाएको छ ।