२०८१ आश्विन ८ , मंगलबार

कवि तथा गीतकार उत्तम विचार ‘कसम खानेले रुवाइ धराधरी’ बोलको गीतमा प्रस्तुत

सुनाखरी न्युज/ काठमाडौं । गीत अभिव्यक्तिको माध्यम हो अनि सङ्गीत त्यसको प्राण । नेपाली सुगम सङ्गीतको डायरीमा अर्को नवीनतम पाना थप्न कवी तथा गीतकार उत्तम विचार ‘कसम खानेले रुवाइ धराधरी’ बोलको गीतमा प्रस्तुत हुनु भएको छ ।

सामाजिक र पारिवारिक परिवेशमा मायामा हुने उतारचढावलाई कथा वस्तु बनाएर रचित उक्त गीतमा स्वर चर्चीत गायक प्रमोद खरेलको रहेको छ भने सङ्गीत भर्ने काम युवा सङ्गीतकार रिमेश कुमारले गरेका छन् । सन्तोष राजबाहकको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा शिशिर भण्डारी,स्मारिका ढकाल फरिता खड्का तथा बाल कलाकार सान्भी खतिवडाको सुन्दर अभिनय हेर्न सकिने छ ।

शिशिर भण्डारीको युब ट्युब च्यानलबाट उक्त गीत गत शुक्रबार सार्वजनिक गरिएको छ ।