२०८१ आश्विन ८ , मंगलबार

६० वर्षीय अभिनेता आशीष विद्यार्थीले गरे दोस्रो विवाह

 

सुनाखरी न्युज /  मुम्बई –  भारतीय अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलहा बनेका छन । आशीषले असम राज्यकी रुपाली बरुआसँग बिहीबार विवाह गरेका हुन । उनीहरुको अदालती विवाह भएको हो । भारतीय सञ्चार माध्यमका आनुसार रुपाली फेसन विजनेशमा आबद्ध रहेकी छन । आशिषले जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्र – अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या समेत गरेका छन ।

 

आशीषको पहिलो विवाह राजोशी बरुआसँग भएको थियो । वर्षौं पहिले सम्बन्धविक्षेद गरेका उनीहरुको एक छोरा छन् । नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका राष्ट्रिय अवार्ड विजेता आशीषले फिल्म ‘द्रोहकाल’बाट बलिउडमा डेब्यू गरेका थिए ।

 

आशिषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन ।भारतीय अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलहा बनेका छन । एजेन्सी