सुनाखरी न्युज/ काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भइ आजीवन काराबासमा रहेका रेशम चौधरी सोमबार रिहा भएपछि नेपालगञ्ज आइपुगेका छन् ।
१६औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी बिहान ८ बजे अगावै छुटेका थिए । यसपछि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमन्त्रीसमेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीसहित नेपालगञ्ज आएका हुन् ।
श्री एयसलाइन्सको नियमित उडानमार्फत यहाँ आइपुगेका उनी अब बर्दियाको राजापुर हुँदै टीकापुर पुग्नेछन् । टीकापुरमा उनलाई भव्य स्वागत गर्ने कार्यक्रम तय भएको छ ।