२०८१ मंसिर ११ , मंगलबार

वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना योजना आयोगबाट पारित

सुनाखी न्युज/ काठमाडौं ।

योजना आयोगको पूर्ण बैठकले  बजेटसँगै संसदमा प्रस्तुत हुने वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय पारित गरेको छ ।

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा। प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार बसेको बैठकले दुवै दस्तावेज पारित गरेको हो ।

 

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट समेत आयोगबाट स्वीकृत भएको छ । बजेट सोमबार नै संसदमा प्रस्तुत हुनेछ ।