२०८१ मंसिर ११ , मंगलबार

बजेट नबुझेर शेयर बजार प्यानिक बन्यो: अर्थमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट नबुझेर शेयर बजार प्यानिक बनेको बताएका छन् । मङ्गलवार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

 

आगामी आर्थिक वर्षको लागि आएको बजेटको भोलिपल्ट नै शेयर बजार घटेकोबारे अर्थमन्त्री शर्माले भने, ‘शायद नबुझेर प्यानिक बनेको होला । अब बुझाउनु पर्छ । बजारलाई अप्ठ्यारो पार्ने कुनै कार्यक्रम र नीति छैन ।’संसदीय क्षेत्र विकास कार्यक्रम रहेको र पहिलेको सांसद विकास कोष जस्तो अहिलेको नहुने उनको जिकिर रहेको छ । अर्थमन्त्री शर्माले भने अगाडी भने, ‘१६५ ठाउँमा नै केही न केही जाओस् भन्नलाई मात्र राखेको हो। यसमा सांसदको भूमिका सिफारिस गर्ने बाहेक केही हुँदैन । यसको ठेक्का मन्त्रालय ले नै लाउँछ । सांसदले पाउँदैनन्। उपभोक्ता समितिले खर्च गर्ने होइन । व्यक्तिगत रूपमा पैसा दिएको होइन ।’

 

उनले साना क्षमताका विद्युतीय सवारीमा लगाइएको करको रक्षा गर्दै भने, ‘त्यसमा व्यापारीले बढी नाफा खाएका छन् । पत्रकारले त्यो कम गर्न सहयोग पुर्‍याउनु पर्‍यो । राजस्व सङ्कलन लक्ष्य निकै व्यवहारिक भएको भन्ने आलोचना भइरहेको छ । यसबारे उनले सके यही आर्थिक वर्षमा लक्ष्यमा पुग्ने नसके पनि आगामी वर्षमा उठाएरै छाड्ने विश्वास दिलाए । त्यस्तै, कुनै समूह वा व्यक्तिको हितलाई केन्द्रमा राखेर आफूले काम गरेको देखिएमा आफू अहिले नै छोडेर हिँड्न तयार रहेको उनले बताए । महतले भने, ‘यदि त्यस्तो प्रमाणित भए म अहिले नै छोडेर हिँड्छु । त्यसैले कम्तीमा तपाईँहरू यस्तो कुरा नगरिदिनु होस् ।’

 

आफू अनावश्यक आयोग गठन गर्नको साटो साना समितिहरू बनाएर का गर्ने पक्षमा रहेको उनले जानकारी दिए । अर्थमन्त्रीले बजेट मार्फत अर्कै नाम दिएर ब्यूताँएको सांसद विकास कोषको रक्षाका लागी निकै नै बढी समय खर्चिएका थिए । सांसदहरुले विकास निर्माणमा सहभागी हुन पाउनु पर्ने उनको दलिल रहेको थियो । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले बालेनले सांसदहरू वडाध्यक्ष जस्ता भए भन्दै गरेको टिप्पणी प्रति लक्षित गर्दै उनले त्यो सत्य नभएको बताए । उनले भने, ‘एउटाले जे भन्यो त्यो नै सही हो अरू झुट भन्ने हुँदैन ।’