सुनाखरी न्युज/ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी रिजालले बताए । अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएर राखेका छौं, मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय भइसकेका छैन ।’
भारतको नयाँ संसद्मा नेपालको भूमि समेत समेटेर नक्सा राखिएको विरोधमा नेता साध्यबहादुर भण्डारीले बुधबार अनामनगरमा अन्तरक्रिया कार्यक्रम राखेका थिए । कार्यक्रममा नेता खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेल लगायत उपस्थित थिए ।