२०८१ मंसिर ११ , मंगलबार

मिस मगर इन्टरनेशनलको पहिलो सिजनको ट्यालेन्ट राउन्ड सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । मिस मगर इन्टरनेशनलको पहिलो सिजनको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । काठमाडौँको होटेल सम्पदामा आयोजित कार्यक्रममा प्रतियोगीतहरुले आफूमा रहेको अभिनय, नृत्य, गीत गायक, कविता तथा गजल वाचन लगायतका प्रतिभा देखाएका थिए । प्रतिस्पर्धामा १२ प्रतियोगी फाइनलमा भिँड्दैछन् ।

 

नेपाल मगर संघ केन्द्रीय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आलेमगर, मिस मङ्गोल २०१२ की विजेता सपना रोकामगर सहभागी ट्यालेन्ट राउन्डमा भिडियो निर्देशक अर्जुन थापामगर, फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मङ्गोल २०१९ को फस्ट रनर अप रेनुका पुन मगर निर्णायक रहेका थिए ।

 

मगर समुदायमा रहेका युवतीहरूको व्यक्तित्व विकास गर्दै उनीहरूलाई समाजमा अगाडि बढाउने उदश्यले आयोजित प्रतियोगितामा मगर इन्टरनेशनलले आयोजना गरेको हो । प्रतियोगिताको फाइन अगामी २७ गते प्रज्ञा भवनमा आयोजना हुनेछ ।