२०८१ मंसिर १४ , शुक्रवार

घरको तीन तलाबाट खसेर बालिकाको मृत्यु

सुनाखरी न्युज  / काठमाडौं –  घरको तीन तलामाथिबाट खसेर साकेला गाउँपालिका– १ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङको ज्यान गएको छ । भाडाको घरबाट खसेकी रोशनीको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । दिक्तेल इंग्लिस बोर्डिङ स्कुल दिक्तेलको कक्षा– २ मा अध्ययनरत रोशनी अपराह्न ४ बजेतिर तीन तलामाथिबाट लडेको स्थानीयले बताएका छन् । पक्की घरको तीन तलामाथिबाट लडेर झरेलगत्तै उद्धार गरेर दिक्तेलस्थित फेमिली केयर अस्पताल पुर्‍याइएकी रोशनीको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

 

‘स्कुलबाट आएर खाजा खाएपछि साथीसँग खेल्ने क्रममा लडेर झरेकी रहिछिन्, गम्भीर घाइते बनेकी रोशनीको उपचार गर्दागर्दै करिब डेढ घन्टापछि मृत्यु भयो  मृतक रोशनी रविन गुरुङ र सिर्जना राई  गुरुङकी कान्छी छोरी हुन् । बुबा रविन जिल्लामै भाडाको सुमो गाडी चलाउँदै आएका छन् भने आमा सिर्जना कोठा भाडामा लिएर छोराछोरी पढाउँदै दिक्तेलमै बस्दै आएकी छिन् । प्रेमविवाह गरेका रविन र सिर्जनाको तीन सन्तान दुई छोरी र एक छोरा  जन्मिएका थिए ।

 

ठूली छोरी रोमीको गत साउन १३ गते शुक्रबार भाडाकै घरको निदाल  घरका दलिन अड्याउन राखिने काठ०मा सल बाँधेर पिङ खेल्ने क्रममा सोही सलमा झुन्डिएर मृत्यु भएको थियो । कोठामा बुबाआमा नभएको समयमा भाइ–बहिनीसँग खेल्ने क्रममा रोमीको घाँटीमा सलको पाँसो लागेर मृत्यु भएको थियो ।