२०८१ पुष २८ , आइतवार

रियलमीनार्जो एन ५५ र एन ५३ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौँ । सर्वाधिक विश्वासनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्ताअर्थात जेन–जिलाई लक्षित गरेर नेपालमाआफ्नानयाँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशालीपर्फर्मेन्सयुक्तयीफोनहरुले नेपालीनयाँ पुस्ताको मन जित्ने आशाविश्वास गरेको छ ।लन्चमाबोल्दै रियलमीका कन्ट्री हेड मुनिषगिरी ज्युले भन्नुभयो, “रियलमीनार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँलाइनअपल्याएको घोषणा गर्न पाउँदामलाई खुशीलागेको छ । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभलअल राउन्डर हो । यो फोन जति स्लिम छ त्यति नै शक्तिशालीपनि छ । अर्कोतर्फ, रियलमीनार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझशान्दार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथयसले बिजुलीचम्केको गतिमापर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ ।

यीदुई स्मार्टफोनहरुले आकर्षक फिचरहरु मात्रनभै सुपथमुल्यमानवीनतमप्रविधीप्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई पनिमूर्त रूप दिन्छ । हामीलाई विश्वास छ कि हाम्रा नेपालीनयाँ पुस्ताले हामीलाई यीदुई स्मार्ट फोनहरु मन पराइदिनुहुनेछ । साथै निरन्तर सुधार गर्दै नयाँँनयाँँ स्मार्टफोनहरु ल्याइराख्नहामीलाई हौसलादिनुहुने समस्त नेपालीउपभोक्ताहरुलाई पनिहार्दिक आभार व्यक्त गर्न चाहन्छु ।”

नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभलअल राउन्डर

७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथआएको यो फोन समाउन र चलाउनअत्यन्तै सहज र हलुका छ । रियलमीको डाइनामिक ¥यामएक्स्पान्सन टेक्नोलोजीले फोनमाहुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ । यसको मतलबहो, फोनमाभएको ६ जिबि ¥यामलाई अर्को ६ जिबि सम्म बढाउन मिल्छ । सुन्दर क्यालिफोर्निया सनशाइनडिजाइनमा बनाइएकायीफोनहरुले युवाहरुको चन्चल र हँसिलो व्यक्तित्वलाई प्रतिनिधित्वगर्दछ ।

मुख्य फिचरहरु
६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३% को स्क्रिन–टु–बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदानगर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मुल्यमाउपलब्धमोडलहरु मध्य सबैभन्दा धेरै हो । यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिङ् रेट १८० हर्ज रहेको छ । ३३ वाटको सुपर भोक चार्जिङ सहितआउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्दछ । सुपरभोक टेक्नोलोजीले हाइभोल्टेज लो करेन्ट प्रविधीअपनाएर छिटो भन्दा छिटो चार्ज गर्न सक्छ ।

 

यो फोन फुलचार्ज हुनजम्मा ८८ मिनेट र आधाचार्ज हुनजम्मा ३१ मिनेट लाग्छ । ५००० एमएएचको शक्तिशालि ब्याट्रि भएको यो फोनमाचार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमापनिचार्ज हुन्छ । यस फोनमाभएको शक्तिशाली ५० एमपिको एआइक्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरु खिच्न सक्छ । यसमा नाइट मोड, पोर्ट«ेट मोड, एचडिआर, एआइसिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरु रहेका छन् । रियलमी सि ५५ मा जस्तै यसमापनिमिनीक्याप्सुल रहेको छ । यो मिनीक्याप्सुल आँफै स्क्रिनमा अडप्ट हुन्छ र यसमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ ।

रियलमीनार्जो एन ५५ – ३३ वाट फास्ट चार्जिङ सहितको नेक्स्ट जेन पावर हाउस
नार्जो एन ५५ नयाँ पुस्ताको लागिपर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिको एआइक्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जिबि सम्मको डाइनामिक ¥याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरुले यो फोनलाई यस सेग्मेन्टको अन्यमोडलहरुको तुलनामा एक कदम अगाडि बनाएको छ ।
मुख्यफिचरहरु

नार्जो एन ५५ मा मिडियाटेक हेलियो जि८८ चिप सेट रहेको छ जुन यो सेग्मेन्टमा हुने फोनहरुको लागि सबैभन्दाउच्च स्तरको हो । मालीजि ५२ जिपियु र १२ एनएमको प्रोसेसिङ टेक्नोलोजीभएको यो चिप सेटले ग्राफिक्स प्रोसेसिङ त असाधारण तरिकाले गर्छ नै साथै मल्टीमिडिया, गेमिङ र मल्टीटास्किङको लागिपनिएकदमै सहज बनाउँछ । ९० हर्जको रिफ्रेस रेट, फुल एचडि डिस्प्ले र पन्चहोल स्क्रिन भएको यो फोन चलाउनएकदमै शान्दार अनुभुती

हुन्छ । ६.७२ इन्चको स्क्रिन र ९१.४% स्क्रिन–टु–बडी रेसियो भएकोले यो फोन चलाउँदा सहजअनुभुती हुन्छ । यो फोनमा सेन्ट्रल्ली लोकेटेड पन्चहोलले गर्दा फुल स्क्रिन लुक र सिमेट्री एकदमै सुन्दर रहेको छ जुननार्जो डिभाइसमै पहिलो पटक हो ।
नार्जो एन ५५ यो सेगमेन्टकै एक मात्र स्मार्टफोन हो जसमा ०.७म्याक्रोमिटरको बिगपिक्सेल साइज र १÷२ इन्चको सेन्सर साइजयुक्त ६४ एमपिको क्यामरा रहेको छ । यसमा २ एमपि रेजोलुसनयुक्तब्ल्याक एन्ड व्हाइट लेन्स भएको ८ एमपिको सेल्फीक्यामरा पनि रहेको छ । साथै यसमाबोके फ्लेयर पोर्ट«ेट, एआइकलर पोर्ट«ेट र स्टारी मोडको साथै प्रो–लाइट इमेजिङ टेक्नोलोजीपनि रहेको छ ।
नार्जो एन ५५ सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा ३३ वाटको सुपरभोक चार्जिङ र ५००० एमएएचशक्तिशालि ब्याट्रि रहेको छ । जम्मा २९ मिनेटमै ५०% चार्ज हुने यो फोन फुलचार्ज हुन ६३ मिनेट लाग्छ । इनटेलिजेन्ट फाइभ कोर प्रोटेक्सन सिस्टम भएकोले यो फोन ओभरचार्ज, ओभर भोल्टेज, ओभर करेन्ट, ओभर टेम्पेरचर र एक्स्ट्रिम केस प्रोटेक्सन हुन्छ । यसमाभएको मिनीक्याप्सुलमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ ।

 

दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्धहुनेछन् । ४+६४ जीबी स्टोरेज क्षमताभएको नार्जो ५३ मोडलको मूल्य रु. १५,९९९ र ६+१२८ भेरियन्टको मूल्य रु. १८,९९९ रहेको छ । त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य रु. २०,४९९ र ६+१२८ भेरियन्टको मूल्य रु.२४,४९९ रहेको छ । नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइमब्ल्याकमाउपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमाउपलब्ध छ ।