२०८१ मंसिर १२ , बुधवार

टाउकाको मूल्य डेढ करोड तोकिएका भारतीय नेताको निधन

सुनाखरी न्युज/ काठमाडौँ । भारतीय माओवादी नेता कट्टम सुदर्शनको निधन भएको छ । माओवादीको केन्द्रीय कमिटीका प्रवक्ता अभयले जारी गरेको विज्ञप्तिअनुसार सङ्गठन केन्द्रीय कमिटी र पोलिटब्युरो सदस्य सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।

 

उनीमाथि १ करोड ५५ लाख भारु इनाम तोकिएको थियो । सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थे । तेलंगानाको आदिलाबादमा बस्ने ६६ वर्षीय सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ ।

 

प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय उनीमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ ।एजेन्सी