२०८१ मंसिर १२ , बुधवार

एयर इन्डिया विमानमा खराबी आएपछि रुसको विमानस्थलमा आकस्मिक अवतरण

सुनाखरी न्युज /  काठमाडौं –  अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको विमानको एउटा इन्जिनमा प्राविधिक खराबी आएपछि रुसको मगडान विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । विमान एआई १७३ को इन्जिन फेल भएकाले रुसको मगदानतर्फ डाइभर्ट गरिएको थियो ।

 

दुई सय १६ यात्रु र १६ जना चालक दलका सदस्य सवार विमान सकुशल अवतरण भएको छ । सो विमानले मंगलवार दिल्लीबाट उडान भरेको थियो । अमेरिकाको लागि उडेर मगडानमा फसेका यात्रुलाई अमेरिका लैजान बुधबार दिउँसो १ बजे मुम्बईबाट रुसको मगडानका लागि अर्को विमान उडेको छ । मुम्बईबाट उडान गर्ने विमानले रूसमा फसेका यात्रुहरूका लागि खाना र अन्य आवश्यक सामग्रीहरू पनि बोकेर त्यसतर्फ लागेको विज्ञप्तिमा जनाइएको छ।

आफ्नो विज्ञप्तिमा एयर इन्डियाले मुम्बईबाट एयर इन्डियाको उडान मगडान जाने र यहाँबाट यात्रु र चालक दलका सदस्यहरूसँग सान फ्रान्सिस्को जाने बताएको छ । विमानमा २१६ यात्रु र १६ चालक दलका सदस्य थिए ।