सुनाखरी न्युज/ काठमाडौं।
प्रहरीले काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स)का पिन्सिपल र दुईजना होस्टेल वार्डेनलाई पक्राउ गरेको छ । जेठ १७ मा त्यहाँ अध्ययनरत घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए ।
घटनाको अनुसन्धानका लागि प्रिन्सिपल दिर्घराज दाहाल र दुईजना होस्टल वार्डेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए । पीडितका परिवारले प्रिन्सीपल र वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।
मृतका आफन्तहरुले नयाँबजार क्षेत्रमा दैनिक प्रदर्शन गरिरहेका छन् । ५ कक्षामा अध्ययनरत अभिषेकको मृत्यु शंकास्पद भन्दै आफन्तले ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन् ।
जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताए । प्रहरीले अरोपीहरुविरुद्ध जिल्ला अदालतमा सोमबार म्याद लिएको छ । अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
पीडित परिवार र प्रहरीको बिचमा शुक्रबार शव पोष्टमार्टम गर्ने सहमति भएको एसपी रिजालले बताए । शव परीक्षण रिपोर्ट आउन बाँकी छ ।