सुनाखरी न्युज / भारत मध्यप्रदेशको सिहोर जिल्लामा बालिका जहाँ फसेकी थिइन्, अहिले उनी झन् तल खसेर सय फिट गहिराइमा फसेकी छिन् ।
दुई दिनअघि एक गहिरो खाडलमा खसेकी साढे दुई वर्षीया बालिकाको उद्धारको प्रयास भइरहेको छ । बालिकालाई हटाउन जेसीबीलगायत अन्य धेरै मेसिनको प्रयोग भइरहेको छ ।
पीटीआईका अनुसार यो उद्धार कार्य बिस्तारै गाह्रो हुँदै गइरहेको छ ।