२०८१ आश्विन ८ , मंगलबार

सेलेना गोमेज बनिन इन्स्टाग्राममा बढी फलोअर हुने महिला

सुनाखरी न्युज  / काठमाडौं –  हलिउड गायिका सेलेना गोमेज इन्स्टाग्राममा ४० करोड फलोअर्स कमाउने पहिलो महिला बनेकी छन् । उनलाई इन्स्टाग्राममा ४२१ मिलियनले फलो गरेका छन् ।

 

सबैभन्दा धेरै फलोअर्सको रेकर्ड भने स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ । उनलाई इन्स्टामा ५६३ मिलियनले फलो गर्छन् ।

 

गोमेजले आफ्नो फ्यानहरूसँगको तस्बिर पोस्ट गर्दे लेखेकी छिन्, ‘कामना गर्दछु कि म तपाईँहरू सबै ४०० मिलियनलाई अँगालो हाल्न सकूँ।’