सुनाखरी न्युज / काठमाडौं – धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन तर खाली पेटमा चिया वा कफी बानी स्वास्थ्यका लागि हानीकारक हुनसक्छ । बिहान खाली पेटमा चिया र कफी पिउनाले एसिडिटी र पेटसम्बन्धी धेरै रोग लाग्न सक्छ। उठ्नेबित्तिकै चिया र कफी पिउनुको सट्टा त्यस्ता केही फलफूलको जुससहित केही पेय पदार्थ खाएर दिनको सुरुवात गर्न सकियो भने यसले ऊर्जाले भरिपूर्ण हुने र शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने गर्छ।
बिहानी पेय छन्, जसलाई बिहान पिउनाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छ
– बिहान ताजा फलफूलको जुस पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। जुसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै स्वास्थ्यलाई बलियो बनाउँछ। यदी, तपाईं बिहान धेरै प्रकारको जुस पिउन सक्नुहुन्छ। तर, अमलाको जुस, एलोभेराको जुस, अनारको जुस र लौकाको जुस बिहान खाली पेटमा खानु निकै फाइदाजनक मानिन्छ।
-कागती पानीलाई ऊर्जा पेय भनिन्छ। गर्मीमा तपाईले जुनसुकै बेला कागती पानी पिउन सक्नुहुन्छ जसले डिहाइड्रेसनको समस्या कम गर्छ तर बिहान मनतातो पानीमा मिसाएर पिउनुहोस्। कागतीको रस मिसाएर पानी पिउनाले शरीरलाई धेरै फाइदा हुन्छ।
-नरिवल पानी स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुन्छ। नरिवलको पानीलाई ऊर्जा पेय मानिन्छ। बिहान नरिवलको पानी पिउनाले दिनभर उर्जाको कमी हुँदैन।
-चियाको सट्टा दूध पिउने बानी बसाल्नु राम्रो हुन्छ। दूधलाई निकै पौष्टिक मानिन्छ। यसमा भिटामिन, क्याल्सियमले भरपूर दूधको नियमित सेवन गर्नाले हड्डी र दाँत बलियो हुन्छ।