सुनाखरी न्युज / काठमाडौं – तपाईं चम्किलो कपाल बनाउनका लागि अन्डाको प्रयोग पनि गर्न सक्नुहुन्छ । अन्डाको सहयोगले घरमै बसी बसी कपाल चम्किलो हुनेछ ।अन्डाले कपाललाई बलियो बनाउने काम गर्दछ । पातलो कपाल हेर्दा कत्ति पनि राम्रो देखिँदैन । अन्डामा भिटामिन ए, ई, बायोटिन पाइन्छ जसले पातलो कपाल बाक्लो बनाउँछ ।तातो पानी, प्रदूषण, र स्टाइलिंग उत्पादनहरूमा दैनिक एक्सपोजरले तपाईंको कपालको स्वास्थ्यलाई कम गर्न सक्छ, र त्यसैले यसको चमक।
– अण्डाको सेतो र पहेंलो भागलाई एउटा कचौरामा राख्नुस् ।
– यसमा एक चम्चा ओलिभ ( जैतुन) को तेल मिसाई राम्रोसंग चलाउनुहोस् ।
– आफ्नो कपाल स्याम्पुको प्रयोग गरेर राम्रोसंग सफा गर्नुहोस् ।
– कपडाको प्रयोग गरी कपालमाभएको पानी हटाउनुहोस् ।
– त्यसपछितयार गरिएको अण्डाको मिश्रण कपालमा लगाउनुहोस् र मसाज गर्नुहोस् ।
-सावर क्याप अथवा टावेलको प्रयोग गरी १० देखि २० मिनेट कपाल छोप्नुहोस् ।
– त्यसपछि कपाल सफापानीले धुनुहोस् ।
यसरी अण्डालाई प्रयोग गर्नाले तपाईंको कपाल बढ्न र बलियो, चमकदार एवं स्वस्थ राख्न मद्दत गर्छ । कपालमा लगाउने अन्डाको प्याक बनाउनका लागि एउटा पाकेको केरा, एक चम्चा मह र एउटा अन्डाको आवश्यकता पर्दछ । यसलाई बनाउनका लागि पाकेको केरालाई मिचेर पेस्ट बनाउनुहोस् र यसमा एउटा अन्डा र एक चम्चा मह मिसाउनुहोस् ।