२०८१ मंसिर १५ , शनिवार

कुवेत पुगेका नेपाली महिला अलपत्र

सुनाखरी न्युज / काठमाडौं – बत्तिस पुतलीमा रहेको ब्लु ओसियन रिक्युटमेन्टमार्फत तीन महिना अघि पुगेका कुवेत पुगेका उनीहरूमध्ये ५ जना कामै नपाएर बस्न बाध्य भएका छन् । एक मस्जिदमा क्लिनरको रूपमा काम गर्दै आएका ६ जनाले समेत तीन महिनामा भनेअनुसार तलब नपाएको गुनासो गरेका छन । नेपालबाट सम्झौताअनुसार तलब नदिएपछि घर फर्काउन अनुरोध गर्दै आएका उनीहरूलाई कम्पनीले घर फर्काउन आनाकानी गर्दै आएको छ । सम्झौतामा मासिक ११० कुवेती दिनार तलब दिने भनेर उनीहरूलाई पठाइएको थियो ।

 

तर, अहिले पहिलो महिनामा ५५ कुवेती दिनार र दोस्रो महिनामा ७५ कुवेती दिनार मात्र तलब दिएको एक महिलाले  जानकारी दिइन् ।  दैनिक ८ घण्टा काम गर्नुपर्ने भने लगेको थियो । अहिले १२ घण्टासम्म काममा लगाउँछन् ।’ ती महिलाले भनिन् । त्यसरी जानेहरुले कोहीले १ लाख ५० हजार तिरेर गएको बताएका छन् भने कोहीले १ लाख ८० हजारसम्म तिरेको बताएका छन् ।

आफ्नो क्याम्पसमा बसिरहेका दुई जना कुवेतीले गाली गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ । उसमा उनीहरुले काममा जाँदिन भन्दा गाली गरेर काममा जान दबाब दिएका छन् । नेपालस्थित ब्लु ओसियन रिक्युटमेन्टका सञ्चालक हिराबहादुर डाँगीले केहीदिनभित्र नै उद्धार गर्ने बताए ।